एजेन्सी, १५ साउन । उत्तर कोरियाले पुनः दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । अन्तराष्ट्रिय समुदायको आलोचनाका बीच उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट दुई ब्यालेस्टिक क्षेप्यास्त प्रक्षेपण गरेको दक्षिण कोरियाले दाबी गरेको छ ।
उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट इस्ट सी भनिने जापानी सामुन्द्रिक क्षेत्रमा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै समाचार संस्था योन्हापले उल्लेख गरेको छ ।
होदो प्रायद्विपबाट स्थानीय समय अनुसार बुधबार बिहान क्षेप्यास्त्र प्रहार गरेको सैन्य अधिकारीलाई उद्धृत गर्दै योन्हापले जनाएको छ ।
यद्यपी उत्तर कोरियाले भने अहिले सम्म क्ष्ेप्यास्त्र प्रक्षेपणबारे कुनै प्रतिक्रिया दिएको छैन । उता जापानी रक्षामन्त्रीले भने आफ्नो भू भागमा कुनै किसिमको क्षेप्यास्त्र आइ नपुगेको बताउनुभएको छ ।
गत साता पनि उत्तर कोरियाले छोटो दुरीको दुई वटा क्षेप्यास्त्र प्रहार गरेको दाबी दक्षिण कोरियाले गरेको थियो ।