अफगानिस्तानमा तैनाथ अमेरिकी सेनालाई फिर्ता बोलाउन ट्रम्पको निर्देशन

अफगानिस्तानमा तैनाथ अमेरिकी सेनालाई फिर्ता बोलाउन ट्रम्पको निर्देशन

  • मङ्लबार, साउन १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी, साउन १४ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनालाई फिर्ता बोलाउन निर्देशन दिनु भएको छ । ट्रम्पले राष्ट्रपति भएदेखि नै अफगानिस्तानमा रहेका अमेरिकी सैनिक फिर्ता गराउने बताउँदै आउनु भएको थियो ।

उहाँले २०२० भित्र अफगानिस्तानबाट सबै अमेरिकी सेना हटाउने योजना बनाएको अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । करिब १४ हजार अमेरिकी सैनिक अझै अफगानिस्तानमा रहेका छन् ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सन् २०२० सम्म अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक फिर्ता गर्न सुरु गर्ने बताउनु भएको हो । तालिवान लगायत इस्लामिक आतंकवादी संगठनसँग युद्धको अवस्था कायम रहेको बेला अमेरिकी सेना फिर्ता बोलाउने रणनीतिमा पुगेको हो ।

अमेरिकामा सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनसम्म अफगानिस्तानमा सेनाको संख्या घटाउने पोम्पेओले बताउनु भयो । उहाँले राष्ट्रपतिको यो कदमलाई युद्ध समाप्तीका रुपमा व्याख्या गर्नु भएको छ ।

हाल अमेरिका र तालिवानबीच अफगानिस्तानका सम्बन्धमा वार्ता हुने अवस्था रहेको बताइएको छ । ट्रम्पको पछिल्लो निर्णयबाट वार्ताको वातावरण बन्ने विश्वास गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ