एजेन्सी, साउन १३ ।
चीनको गुइझोउ प्रान्तमा गत साता आएको भिषण बाढी र त्यसपछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३८ पुगेको जनाइएको छ ।
दक्षिण पश्चिमी चीनको सिचेङ काउन्टीमा गएको सो पहिरोका कारण आज बिहानसम्म पनि १३ व्यक्ति बेपत्ता रहेका छन् । स्थानीय समयानुसार आज बिहान ११ बजेसम्म उक्त पहिरोबाट मृत्यु हुनेको संख्या ३८ पुगेको स्थानीय अधिकारीहरुले जानकारी दिएका हुन् ।
गत मङ्गलबार नै सो क्षेत्रमा पहिरो गएको थियो ।तर उक्त पहिरोबाट कम्तीमा पनि ४९ जना स्थानीय नागरिकको भने उद्धार गरिएको बताइएको छ । उद्धार गरिएकामा ११ जना गम्भीर घाइते भएकोले उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । सो पहिरोमा हराइरहेका नागरिक खोजी कार्य भईरहेको उद्धारकर्ताहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline