अमेरिकी राष्ट्रपति ट्रम्प ट्वीटका कारण पुनः विवादमा

अमेरिकी राष्ट्रपति ट्रम्प ट्वीटका कारण पुनः विवादमा

  • आइतवार, साउन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, १२ साउन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले गरेको एउटा ट्वीटका कारण पुनः विवादमा तानिनु भएको छ । उहाँले अफ्रिकी मूलका डेमोक्र्या्टिक नेतामाथि रंगभेदी टिप्पणी गरेसँगै पुन विवादमा तानिनु भएको हो ।

राष्ट्रपति ट्रम्पले दुई साताअघि पनि कंग्रेसमा रहेका चार जना डेमोक्र्या्टिक महिला नेतृलाई लक्षित गरी रंगभेदी ट्वीट गरेका कारण विवादमा पर्नु भएको थियो । ट्रम्पले कमिङ्गस र उहाँले प्रतिनिधित्व गरेको बाल्टिमोरको मेरिल्याण्डलाई ‘रोडेन्ट इन्फेक्टेड मेस’ अर्थात मुसासहितका जनावरको संक्रमण फैलिएको फोहोर क्षेत्र भन्दै ट्वीट गर्नु भएको छ ।

अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पको यो ट्वीट रंगभेदी रहेको बताउनु भएको छ । कमिङ्गसले आफ्ना बारेमा ट्रम्पले गरेको टिप्पणी ‘बुली’ अर्थात डर–धम्क्याइ रहेको बताउनु भएको छ ।

ट्रम्प प्रशासनले मेक्सिकोसँगको सीमा क्षेत्रमा आप्रवासीमाथि गरेको व्यवहारको आलोचना गरेकोमा उहाँले आफूलाई बुली गरेको कमिङ्गसले उल्लेख गर्नु भएको छ । उहाँ संसद्को ओभरसाइट कमिटीका अध्यक्ष समेत हुनुहुन्छ । उहाँको नेतृत्वमा रहेको समितिले ट्रम्प प्रशासनका विभिन्न नीतिहरुमाथि अनुसन्धान गरेको छ ।

यो समितिले सीमा क्षेत्रमा रहेका डिटेन्सन सेन्टरको व्यवस्थापन बारे पनि अनुसन्धान गरेको थियो । डेमोक्य्राटिक पार्टीकी नेतृ तथा सभामुखको हैसियतमा पेलोसीले कमिङ्गसको समर्थन गर्दै ट्रम्पको टिप्पणीको आलोचना गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ