मस्कोमा विशाल प्रदर्शन, एक हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ

मस्कोमा विशाल प्रदर्शन, एक हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ

  • आइतवार, साउन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

एजेन्सी, १२ साउन । रुसको मस्कोमा विशाल प्रदर्शन भएको छ । स्थानीय चुनावमा विपक्षी उम्मेदवारलाई सहभागी हुन नदिइएको विरोधमा प्रदर्शन भएको हो ।
प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै एक हजारभन्दा बढीलाई पक्राउ गरेको छ । सिटी हलमा भएको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गर्दै ठूलो संख्यामा प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो ।
विपक्षीलाई चुनावमा सहभागी हुन नदिएको भन्दै प्रदर्शनकारीहरुले चर्को विरोध गरेपछि प्रहरीले लाठी चार्ज गर्दै गिरफ्तार गरेको हो । सत्तापक्षले राजनीतिक स्वार्थपूर्तिका लागि विपक्षीलाई निर्वाचनमा सहभागी हुन नदिएको आरोप प्रदर्शनकारीहरुले लगाएका छन् ।
सरकारले आगामी सेप्टेम्बर ८ मा हुने चुनावका लागि केही उम्मेदवारलाई प्रतिबन्ध लगाएपछि विरोध चर्किएको हो । निर्वाचन अधिकारीले ३० उम्मेदवारले आवश्यक पर्ने हस्ताक्षर संकलन गर्न नसकेको भन्दै चुनावका लागि अयोग्य घोषित गरेका छन् ।
सरकारी अधिकारीले प्रतिबन्धित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा १ हजार ७४ जनालाई पक्राउ गरिएको जनाएका छन् । तर पक्राउ पर्नेको संख्या त्यो भन्दा बढी भएको बताइएको छ ।
मस्कोका मेयर सर्गेइ सोब्यानिनले शहरको सुरक्षामा चुनौती दिँदै प्रदर्शन गरिएकाले पक्राउ गरिएको बताएका छन् ।
विपक्षी नेता एलेक्सेइ नाभाल्नीलाई गत बुधबार बिना स्वीकृति प्रदर्शनको आह्वान गरेको भन्दै ३० दिनको जेल सजाय दिइएको छ ।
उनी राष्ट्रपति भ्लादिमिर पुटिनका चर्को आलोचक मानिन्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ