लिवियामा आप्रवासी सवार डुंगा डुब्यो, १ सय १५ जना बेपत्ता

लिवियामा आप्रवासी सवार डुंगा डुब्यो, १ सय १५ जना बेपत्ता

  • शुक्रबार, साउन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी, १० साउन ।
लिबियाको तटीय क्षेत्रमा आप्रवासी सवार डुंगा डुबेको छ । अफ्रिकी तथा अरबी मुलुकहरुका २ सय ५० जना सवार ढुंगा डुब्दा १ सय १५ जना बेपत्ता भएका छन् ।
तटीय क्षेत्रमा डुबेका मध्ये १ सय ३४ जनाको उद्धार गरिएको उद्धारमा संलग्न नौसैंनिक अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
राष्ट्रसंघीय शरणार्थी नियोग यूएनएचसीआरले यस घटनालाई भू–मध्यसागरमा यसबर्ष भएको ठूलो पानीजहाज दुर्घटना भनेको छ । हिंसा, राजनीतिक अस्थिरता र दैनिक जीवन यापनका लागि समस्या भएपछि विभिन्न अफ्रिकी तथा अरबी मुलुकका आप्रवासीहरु भूमध्य सागर हुँदै अवैध रुपमा यूरोप प्रवेश गर्ने गरेका छन् जसका लागि लिबिया मुख्य मार्ग बन्दै आएको छ ।
सोही क्रममा हरेक बर्ष यस्ता घटनाहरु दोहोरिने गरेका छन् । सन् २०१९ को पहिलो ४ महिनामा माक्रै त्यसरी यात्रा गर्ने त्रममा समुन्द्रमा डुबेर १ सय ६४ जनाको मृत्यु भईसकेको यूएनएचसीआरको तथ्यांक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ