सुडानको सत्तारुढ सैन्य परिषद् र विपक्षी नेताबीच सहमति

सुडानको सत्तारुढ सैन्य परिषद् र विपक्षी नेताबीच सहमति

  • बुधबार, साउन १, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

सुडान, साउन १ ।
सुडानको सत्तारुढ सैन्य परिषद् र विपक्षी नेताबीच शक्ति बाँडफाडका विषयमा सहमति भएको छ । सहमति अनुसार दुवै पक्षले तीन वर्षसम्म सार्वभौम परिषदमा पालैपालो नियन्त्रण राख्ने छन् ।

संवैधानिक मुद्दाका विषयमा भने शुक्रबारसम्म सहमतिलाई अन्तिम रुप दिइने आशा गरिएको छ । सहमतिलाई सैन्य परिषद्का उपप्रमुख मोहम्मद हाम्दानले ऐतिहासिक अवसर भनेका छन् ।

गत अप्रिलमा आन्दोलनको दबाबसँगै राष्ट्रपति ओमर अल बसिरलाई सेनाले अपदस्थ गरेको थियो । त्यसयता संक्रमणकालीन सैन्य परिषद्ले नै सरकार सञ्चालन गर्दै आएको छ । तीन दशकभन्दा बढी समय शासन गरेका बसिर अपदस्थ भएपछि विपक्षीहरुले नागरिक सरकारको माग गर्दै आन्दोलन चर्काएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ