अमेरिकी संसदमा राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित

अमेरिकी संसदमा राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित

  • बुधबार, साउन १, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं साउन १ ।
अमेरिकाको प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । चार महिला सांसदविरुद्ध कथित नस्लीय टिप्पणी गरेकाले ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरिएको हो ।

१८७ डेमोक्रेटिक सदस्य रहेको प्रतिनिधिसभामा खेद प्रस्ताव २४० मतले पारित भएको बीबीसीले जनाएको छ । यसबाट ट्रम्पकै पार्टी रिपब्लिकनका सांसदहरुले पनि ट्र्म्पविरुद्धको खेल प्रस्तावको पक्षमा भोट दिएको बुझिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चार महिला सांसदहरु अलेक्जेन्ड्रिया ओकासियो कोरटेज, रशिदा तलिब, अइयाना प्रेस्ली र इल्हान ओमारविरुद्ध ट्वीटरमा कडा टिप्पणी गर्नु भएको थियो ।

खासगरी ट्रम्पले ओमारलाई लक्षित गर्दै पूर्णरुपमा असफल राष्ट्रबाट अमेरिका आएको भन्दै पुरानै मुलुकमा फर्कन भन्दै ट्वीटसँगै उहाँ पुनः विवादमा तानिनु भएको हो ।

यो टिप्पणीको व्यापक आलोचना भइरहेको छ । खेद प्रस्तावमा ट्रम्पको टिप्पणीलाई नश्लवादी भनिएको छ । यद्यपि ट्रम्पले त्यसलाई नश्लवादी नभएको जिकीर गर्दै आउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ