कम्युनिष्ट र समाजवादीलाई अमेरिका छाड्न राष्ट्रपति ट्रम्पको चेतावनी

कम्युनिष्ट र समाजवादीलाई अमेरिका छाड्न राष्ट्रपति ट्रम्पको चेतावनी

  • मङ्लबार, असार ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं ३० असार ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिष्टहरुलाई अमेरिका छाड्न चेतावनी दिनुभएको छ । एकपछि अर्को ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले साम्यवादी र समाजवादीहरुलाई अमेरिका छाड्न चुनौति दिनुभएको हो ।

खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीमाथि समेत एकसाथ प्रहार गरेपछि राष्ट्रपति ट्रम्प फेरि विवादमा तानिनुभएको छ । ट्वीटमा ट्रम्पले अमेरिका कहिल्यै पनि समाजवादी र कम्युनिस्ट हुन नसक्ने सचेत गराउँदै यसमा खुशी हुन नसक्नेहरुले अमेरिका छाड्न सक्ने विकल्प रहेको र त्यो उनीहरुको एक्लो छनौट हुने प्रष्ट पार्नुभएको छ ।

केही व्यक्तिले अमेरिकालाई घृणा गरिरहेको भन्दै ट्रम्पले त्यस्ता व्यक्ति इजरायल विरोधी र अलकायदा समर्थक रहेको आरोप समेत लगउनु भएको छ । उहाले वामपन्थी डेमोक्र्याटहरुले खुला सिमाना चाहेको र त्यसबाट लागू पदार्थ, अपराध र मानव बेचबिखन जस्ता कार्यलाई प्रोत्साहन दिन खोजिएको आरोप लगाउनु भयो ।

अमेरिका अहिले जस्तो बलियो कहिल्यै नभएको दावी गर्दै ट्रम्पले सैनिक शक्तिको पुनर्गठन, अहिलेसम्मकै उच्च स्टक मार्केट, सबैभन्दा कम बेरोजगारी कायम गरिएको जिकिर गर्नुभएको छ ।

अमेरिकालाई फेरि महान् बनाऔं भन्दै उहाले आप्रवासी नीतिप्रति ओबामा प्रशासनको आलोचना पनि गर्नुभएको छ । अमेरिकीको जीवनकालकै सबैभन्दा राम्रो अर्थव्यवस्था अहिले रहेको दावी पनि उहाको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ