काठमाडौं असार ३० ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि रंगभेदको आरोप लागेको छ । केही महिला सांसदप्रति लक्षित गर्दै आक्रामक ट्वीट गरेपछि राष्ट्रपति ट्रम्पमाथि रंगभेदको आरोप लागेको हो ।
राष्ट्रपति ट्रम्पले केही महिला सांसदहरुलाई पूर्णरुपमा असफल राष्ट्रबाट अमेरिका आएको भन्दै उनीहरुलाई पुरानै मुलुकमा फर्कन भन्दै ट्वीट गर्नु भएसँगै उहाँ पुनः विवादमा तानिनु भएको हो । राष्ट्रपति ट्रम्पको ट्वीट डेमोक्र्या्टिक महिला सांसदहरुप्रति लक्षित रहेको बताइएको छ ।
यद्यपी ट्वीटमा कुनै पनि महिला नेतृको नाम उल्लेख नगरिएको भए पनि उहाँको ट्वीटको तीव्र आलोचना भइरहेको छ । ट्रम्पले ल्याटिन तथा अफ्रिकन मूलका महिला नेतृलाई लक्षित गरेर रंगभेदी ट्वीट गर्नु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
डेमोक्र्या्टिक पार्टीका प्रगतिशील धारका चार महिला नेतृको समूह ‘द स्क्वाड’ सँग सभामुख न्यान्सी पेलोसीको गत साता विवाद भएको थियो । त्यसको साता दिनपछि ट्रम्पले उनीहरु विरुद्ध रंगभेदी ट्वीट गर्नु भएको हो ।