बंगलादेशका पूर्व राष्ट्रपति हुसैन मुहम्मदको निधन

बंगलादेशका पूर्व राष्ट्रपति हुसैन मुहम्मदको निधन

  • आइतवार, असार २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 21.8K
    SHARES

एजेन्सी, असार २९
बंगलादेशका पूर्व राष्ट्रपति हुसैन मुहम्मद इरशादको आज एक सैन्य अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी रहनुभएका इरशादको ८९ वर्षको उमेरमा निधन भएको अन्तर्सेवा जन–सम्पर्क निर्देशनालयका सहायक निर्देशक राशेदुल आलम खानले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिनुभयो ।

विपक्षी दलका नेता तथा पाँच पटक सांसद रहनुभएका इरशाद लामो समयदेखि फोक्सो र मृगौला संक्रमणलगायत अन्य कैयौँ रोगबाट पीडित हुनुहुन्थ्यो । गएको २६ जुनमा उहाँलाई सीएमएचमा भर्ना गरिएको थियो ।

इरशादले सन् १९८२ अप्रिल २४ मा तत्कालीन राष्ट्रपति अब्दुस सत्तारको सरकार अपदस्थ गर्दै चिफ मार्शल ल को रुपमा सत्ता हातमा लिँदै अब्दुल फजल मोहम्मद अहसाजुद्दीन चौधरीलाई राष्ट्रपति नियुक्त गर्नुभएको थियो ।

त्यसपपछि सन् १९८३ मा उहाँ आफैँ राष्ट्रपति बन्नुभयो । राष्ट्रव्यापी जन आन्दोलनपछि उहाँले सन् १९९० डिसेम्बर ६ मा पदत्याग गर्नुभएको थियो । उहाँलाई सन् १९९१ मा गिरफ्तार गरिएको थियो र ६ वर्षपछि जमानतमा रिहा गरिएको थियो ।
इरशादमाथि भ्रष्टाचारलगायतका २६ मुद्दा दर्ता गरिएका छन् । बंगलादेशको राजनीति र गठबन्धनको सरकार बनाउन इरशादको महत्वपूर्ण भूमिका रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ