फेसबुकमाथि साढे ५ खर्ब रुपैयाँ रकमको जरिबाना

फेसबुकमाथि साढे ५ खर्ब रुपैयाँ रकमको जरिबाना

  • शनिबार, असार २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

एजेन्सी २८ असार ।
अमेरिकी नियामक संस्था संघीय व्यापार आयोग (एफटीसी) ले व्यक्तिगत सूचना चुहाएको विषयमा सामाजिक सञ्जाल फेसबुकमाथि साढे पाँच खर्ब नेपाली रुपैयाँ बराबरको जरिवाना सिफारिस गरेको छ ।

यो कुनै प्रविधि कम्पनीमाथि गरिएको अहिलेसम्मकै ठूलो जरिबाना रकम हो । यसअघि सन् २०१२ मा गुगलमाथि दुई अर्ब ४१ करोड ३३ लाख २२ हजार नेपाली रुपैयाँभन्दा बढी जरिबाना तोकिएको थियो । तर फेसबुकमाथि लगाइएको जरिबानामाथि भने अमेरिकी न्याय विभागले अन्तिम फैसला गर्नेछ ।

गएको मार्च २०१८ मा फेसबुकले व्यक्तिगत सूचना चुहाएको सबैभन्दा ठूलो मामला सार्वजनिक भएको थियो । एफटीसीले सामाजिक सञ्जाल फेसबुक आफ्ना प्रयोगकर्ताको व्यक्तिगत सूचनाको गोप्यता र सुरक्षामा दोषी भएको बताएको छ ।

बेलायती परामर्शदाता क्याम्ब्रिज एनालिटिकालाई व्यक्तिगत सूचना चुहाएको विषयमा फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरबर्ग अमेरिकी संसदमा उपस्थित भएका थिए । त्यसपछि एफटीसीले जाँच सुरु गरेको थियो ।

फेसबुकले आफूविरुद्ध जाँच सुरु भएपछि कानुनी सम्झौताको लागि झण्डै आठ अर्ब रुपैयाँको प्रस्ताव राखेको थियो । एफटीसीले पनि व्यक्तिगत सूचना चुहावटको मामलासम्बन्धी जाँचपड्ताल सकाउन यही शर्त अनुसार कम्पनीको जरिबाना रकम तय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ