खाडी क्षेत्रमा ध्वजावाहक पानी जहाजलाई सुरक्षा सावधानी अपनाउनुः बेलायत

खाडी क्षेत्रमा ध्वजावाहक पानी जहाजलाई सुरक्षा सावधानी अपनाउनुः बेलायत

  • शुक्रबार, असार २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं असार २७ ।
बेलायतले आफ्नो देशको ध्वजावाहक पानीजहाजलाई खाडी क्षेत्रबाट अघि बढ्दा सुरक्षा सावधानी अपनाउन निर्देशन दिएको छ । इरानका तीन वटा जहाजले बेलायतको एक तेल ट्यांकरलाई बाटो छेक्न खोजेको सार्वजनिक भएपछि बेलायतले सावधानी अपनाउन पानीजहाजहरुलाई निर्देशन दिएको हो ।

बेलायतको यातायात मन्त्रालयले आफ्ना पानीजहाजलाई तीव्र गतिमा अघि बढ्न सुझाव दिएको हो ।बेलायती सरकारका प्रवक्ताले इरानले गरेको व्यवहार अन्तर्रा्ष्ट्रिय कानुनविपरीत भएको बताएका छन् । इरानका पानीजहाजले खाडी क्षेत्रमा बेलायती तेल ट्यांकरलाई रोक्ने प्रयास गरेको भन्दै बेलायती प्रधानमन्त्रीका सल्लाहकारले उक्त क्षेत्रमा जारी तनाव कम गर्न आग्रह गरेका छन् ।

तीन वटा इरानी पानीजहाज तथा बेलायती ट्यांकरका बीचमा बेलायती नौसैनिक पानीजहाज एचएमएस मन्ट्रोज पसेपछि इरानी जहाजलाई मौखिक चेतावनी दिनुपरेको रक्षा मन्त्रालयले जनाएको छ । इरानको रेभोल्युसनरी गार्डले भने उक्त घटनाका आफ्नो संलग्नता नरहेको जनाएको छ ।

तर, इरानले गत साता जिब्राल्टरनजिकै उसको ट्यांकर कब्जा गरिएको विषयको बदला लिने धम्की दिइरहेको दिँदै आएको थियो । इरानको सैन्य निकायका एक सहायक कमाण्डरले भने गत हप्ता इरानी तेल ट्यांकर कब्जामा लिएको विषयमा अमेरिका र बेलायत पछुताउनुपर्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ