वासिङ्टन डिसीमा बाढीका कारण जनजीवन प्रभावित, भूमिगत रेल सेवा ठप्प

वासिङ्टन डिसीमा बाढीका कारण जनजीवन प्रभावित, भूमिगत रेल सेवा ठप्प

  • मङ्लबार, असार २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

एजेन्सी, असार २४ ।
अमेरिकाको वासिङ्टन डिसीमा बाढीका कारण जनजीवन प्रभावित भएको छ।अविरल वर्षापछि आएको बाढीका कारण सडक जलमग्न भएका छन् भने अधिकांश घर डुबानमा परेका छन्।बाढीका कारण भूमिगत रेल सेवा ठप्प भएको छ भने हवाई र सडकमार्ग पनि बन्द भएको छ।

वर्षाका कारण वासिङटनस्थित अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस समेत डुबानमा परेको बताइएको छ। कार्यालयको रहेको बेसमेन्टमा पानी पसेको बताइएको छ। नेशनल आर्काइभ भवनमा बिजुली आपूर्ति अवरुद्ध भएको छ। म्युजियम रहेको क्षेत्रमा पनि पानी पसेको छ।

बाढीका कारण प्रभावित बनेकाहरुको उद्धार र राहतको कार्य भइरहेको छ। अधिकारीहरुले बिना कारण मानिसहरुलाई बाहिर नआउन आग्रह गरेको छ।अमेरिकाको मौसम विभागले अझै खतरा रहेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ