इरानमाथि थप प्रतिबन्ध लगाउने अमेरिकी विदेशमन्त्रीको चेतावनी

इरानमाथि थप प्रतिबन्ध लगाउने अमेरिकी विदेशमन्त्रीको चेतावनी

  • सोमवार, असार २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी, असार २३ ।
अमेरिकाले इरानमथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकासँग द्वन्दको अवस्था सिर्जना भइरहेको अवस्थामा इरानले युरेनियम क्याम्पको विस्तार गर्ने सूचना पाएको भन्दै थप प्रतिबन्ध लगाउन सकिने अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले बताउनु भएको हो ।

विदेशमन्त्री पोम्पेओले इरानको पछिल्लो कदमले उसलाई थप एकलाउनुका साथै थप प्रतिबन्ध लाग्न सक्ने बताउनुभयो ।इरानले हिजो युरेनियम क्याम्प पुनः संचालन गर्ने घोषणा गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष सोही युरेनियम सम्बन्धी इरानसँग भएको आणविक सम्झौता रद्द गरेपछि दुवै राष्ट्रको सम्बन्धमा तनाव उत्पन्न हुँदै आएको थियो। इरानले पनि अमेरिकाले आफूहरुसँगको सहमती उल्लंघन गरे अवस्था बिग्रन सक्ने भन्दै सचेत समेत गराएको छ ।

आणविक सम्झौता रद्द गरेको अमेरिकाले इरानी सेनाको एक समूह ’इस्लामिक रिभोलुसनरी गार्ड कर्प’ लाई ’आतंकवादी संगठन’ घोषणा गरेपछि दुई देशबीच युद्धको अवस्था सिर्जना भएको हो।

’इस्लामिक रिभोलुसनरी गार्ड कर्प’ लाई ’आतंकवादी संगठन’ घोषणा गरेको बदलामा इरानले समेत अमेरिकालाई काउन्टर दिँदै गत चैतमा अमेरिकालाई ’आतंकवादको प्रायोजक’ घोषणा गर्दै मध्यपूर्वी क्षेत्रमा रहेका अमेरिकी सैनिकलाई ’आतंकवादी संगठन’ घोषणा गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ