दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको चुनावी अभियान सुरु, ओरल्यान्डको र्यालीलाई सम्बोधन

दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको चुनावी अभियान सुरु, ओरल्यान्डको र्यालीलाई सम्बोधन

  • बुधबार, असार ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी, असार ४ । अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपति चुनावका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले औपचारिक रुपमा आफ्नो चुनावी अभियान सुरु गरेका छन् ।
ट्रम्पले फ्लोरिडाको ओरल्यान्डोबाट आफ्नो दोस्रो कार्यकालका लागि चुनावी अभियानको औपचारिक सुरुआत गरेका हुन् ।

ओरल्यान्डमा गरिएर्को यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी अभियान सुरु भएको घोषणासहित अमेरिकालाई ‘महान’ बनाइराख्न थप चार वर्ष आफूलाई विश्वास गर्न आग्रह गरे ।

अभियानको औपचारिर्क यालीमा प्रथम महिला मिलानिया ट्रम्प पनि साथमै थिइन् । सन् २०१६ मा डेमोक्र्या्टिक पार्टीकी हिलारी क्लिन्टनलाई पराजित गरेर राष्ट्रपति बनेका ट्रम्पले सन् २०२० को चुनावमा गम्भीर चुनौतीको सामना गर्नुपर्ने देखिएको छ ।

व्यापार र आप्रवासी सम्बन्धी कडा नीतिका कारण ट्रम्पको आलोचना भइरहेको छ । उनका विभिन्न नीति तथा कार्यशैलीले धेरै अमेरिकीमा असन्तोष पैदा भएको विश्लेषण गरिन्छ ।

यस्तै, साढे दुई वर्षको कार्यकालमा बढ्दै गरेको अर्थतन्त्र र कम भएको बेरोजगारी ट्रम्पका सकारात्मक पक्ष मानिएको छ । डेमोक्र्या्टिक पार्टीका तर्फबाट उम्मेदवार को बन्ने भन्ने तय भइसकेको छैन । पार्टीबाट उम्मेदवारी जित्नका लागि नेताहरुको कसरत चलिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ