मध्यपूर्वमा थप एक हजार सैनिक तैनाथ गर्ने अमेरिकाको तयारी

मध्यपूर्वमा थप एक हजार सैनिक तैनाथ गर्ने अमेरिकाको तयारी

  • मङ्लबार, असार ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी असार ३ ।
इरानसँगको तनाव बढ्दै गएपछि अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक तैनाथ गर्ने भएको छ ।

अमेरिकी कार्यवाहक रक्षामन्त्री प्याट्रिक शानाहनले इरानी सेनाको प्रतिकूल व्यवहारका कारण मध्यपूर्वमा अमेरिकी सैनिकको तैनाथी बढाउने निर्णय गरिएको बताएका छन ।

अमेरिकी जल सेना (नेभी) ले हालै ओमानको खाडीमा भएको तेलका दुई ट्यांकर माथिको आक्रमणसँग सम्बन्धित केही नयाँ तस्वीरसमेत सार्वजनिक गरेको छ । तस्वीरमा आक्रमणमा परेको जापानी ट्यांकरबाट बाँकी रहेका बिस्फोटक पदार्थ इरानी सेनाले साना डुंगामा ओसारेको देखिएको छ ।

ट्यांकरमाथि भएको आक्रमणमा इरानको संलग्नता रहेको आरोप अमेरिकाले लगाउँदै आएको छ । तर, त्यसलाई इरानले अस्वीकार गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ