सोमालियामा प्रहरीको गाडी लक्षित गरी विस्फोट हुँदा ८ जनाको मृत्यु

सोमालियामा प्रहरीको गाडी लक्षित गरी विस्फोट हुँदा ८ जनाको मृत्यु

  • आइतवार, असार १, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

एजेन्सी, असार १ ।
सोमालियामा प्रहरी चढेको गाडीलाई लक्षित गरी गराइएको विस्फोटमा परी आठ प्रहरीको मृत्यु भएको छ । सोमालियाको वाजिर काउन्टीमा सीमा गस्तीमा रहेको प्रहरीको गाडीलाई लक्षित गरी बिस्फोट गराइएको बताइँएको छ ।

गाडीमा ११ जना प्रहरी सवार रहेकोमा तीन जना भने सख्त घाइते भएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन । यद्यपि, सरकारले भने सोमालियाको आतंकवादी समूह अल सबावले बिस्फोट गराएको हुन सक्ने आशंका गरेको छ ।

अल कायदासँग सम्बन्धित सो समूहले सोमालियामा विगत केही वर्षदेखि सरकारविरुद्ध आतंककारी हमला गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ