सुडानमा सेनाद्वारा लोकतन्त्रको पक्षमा भएकाे प्रदर्शनमा सहभागी महिला बलात्कृत

सुडानमा सेनाद्वारा लोकतन्त्रको पक्षमा भएकाे प्रदर्शनमा सहभागी महिला बलात्कृत

  • आइतवार, असार १, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

एजेन्सी, असार १ । सुडानमा लोकतन्त्रको पक्षमा सैन्य मुख्यालय बाहिर भएकाे प्रदर्शनमा सहभागी एक महिलालाई सेनाले बलात्कार गरेको खुलासा भएको छ ।

राजधानी खार्तुमस्थित सैन्य मुख्यालय बाहिर लोकतन्त्रको माग भएकाे प्रदर्शनमा सहभागीहरु माथि सेनाले गोली चलाएपछि भाग्ने क्रममा एक घरमा छिरेकी महिलालाई सेनाले बलात्कार गरेको खुलासा भएको हो ।

सेनाले प्रदर्शनमा उत्रिएकाहरुलाई धरपकड गर्दै महिलामाथि हिंसा गरेको आरोप प्रदर्शनकारीहरुले लगाइरहेकाबेला यस्ताे खुलासा भएकाे हाे । यद्यपी सेनाले भने यो आरोप अस्वीकार गरेको छ । उनीहरुले प्रदर्शनकारीबिरुद्ध कारबाहीको आदेश पाएको र सोही अनुसार कारबाही गरिए पनि यौन हिंसामा संलग्न नरहेको जनाएका छन् ।

सुडानी सेनाका प्रवक्ता शम्स अल–दिन कबासीले विपक्षीहरुले निराधार आरोप लगाएर सेनाको बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।

यता एम्बुलेन्सका एक चालकले पनि प्रदर्शनकै क्रममा घाइते भएका महिलालाई अस्पताल लग्ने क्रममा सेनाले एम्बुलेन्समै बलात्कार गरेकाे बताएका छन् ।

यसैबीच, सुडानको एक ट्रमा सेन्टरमा बलात्कारमा परेका १२ जना महिलाको उपचार भइरहेको बताइएको छ । सुडानमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनका क्रममा एक सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ । कयौं मानिसलाई नदीमा फ्याँकिएको बताइएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ