नक्सलवादीको आक्रमणमा पाँच प्रहरीको मृत्यु

नक्सलवादीको आक्रमणमा पाँच प्रहरीको मृत्यु

  • शनिबार, जेष्ठ ३२, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी, जेठ ३२ । भारतको झारखण्डमा नक्सलवादीले गरेको आक्रमणमा पाँच प्रहरीको मृत्यु भएको छ । सरायकेला खरसान्वा जिल्लामा प्रहरीलाई लक्षित गर्दै नक्सलवादीले आक्रमण गरेका हुन् ।

पश्चिम बंगालसँग जोडिएको तिरुलडिह थाना क्षेत्रमा गस्तीका लागि एउटा गाडिमा गएका प्रहरीहरु कुकड साप्ताहिक हाटबाट फर्किरहेका बेला बाटोमा ढुकेर बसेका नक्सलवादीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । त्यस क्रममा पाँच जना प्रहरीको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन् । पछिल्लो एक महिनामा यो जिल्लामा नक्सलवादीले आक्रमण गरेको यो चौथो पटक हो ।

झारखण्डका प्रहरी प्रवक्ता एमएल मिणाले बंगालको सीमा क्षेत्रबाट आएका करिब एक दर्जन नक्सलवादीले पुलिसको गाडि रोकेर अन्धाधुन्ध गोली प्रहार गरेको बताए । यस क्रममा गाडिमा रहेका सबै प्रहरीको मृत्यु भएको थियो ।

मोटरसाइकलमा आएका नक्सलवादीहरुले आक्रमण गरेपछि प्रहरीका केही हतियारसमेत लिएर गएका छन् । नक्सलवादीले आक्रमण गरेपछि प्रहरीले पनि जवाफी कारबाही गरेको र त्यस क्रममा केही नक्सलवादीसमेत घाइते भएको अधिकारीहरुले जनाएका छन् । घाइतेहरुलाई पनि नक्सलवादीले लिएर गएको बताइएको छ ।

प्रहरीले त्यस क्रममा खानतलासीलाई तीव्र पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ