हङकङको प्रदर्शन हिंसात्मक बन्दै, प्रदर्शनकारीमाथि रबरको गोली प्रहार

हङकङको प्रदर्शन हिंसात्मक बन्दै, प्रदर्शनकारीमाथि रबरको गोली प्रहार

  • बुधबार, जेष्ठ २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौं, जेठ २९ ।
हङकङमा प्रस्तावित नयाँ सुपुर्दगी कानुनविरुद्धको प्रदर्शन हिंसात्मक बनेको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ भने प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली र अश्रुग्यास प्रहार गरेको छ ।

हङकङमा दशकौंयता पहिलोपटक प्रदर्शनकारीमाथि रबरको गोली प्रहार भएको हो । प्रस्तावित विधेयकमाथि छलफल हुनुअघिको प्रदर्शन हिंसात्मक बनेको हो । हङकङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान भएको विधेयकको विरोधमा हजारौं मानिस सडकका उत्रिएका हुन् ।

उनीहरुले हङकङका मुख्य सडकहरु बन्द गरेका छन् भने सरकारी भवन घेरा हालेका छन् । प्रदर्शनकारीहरुले प्रहरी माथि समेत प्रहार गरेका छन् । प्रहरी कमिस्नर स्टेफन लो वाई चाङले प्रहरीसँगको झडपलाई दंगा भन्दै यो दन्डनीय हुने बताएका छन् ।

विधेयकले हङकङका नागरिकलाई मुद्दाको पुर्पक्षका लागि चिनियाँ मुख्य भूभागमा पठाउन सकिने व्यवस्था गरेकोमा हङकङका व्यवसायीहरूले पनि विरोध गरेका छन् । विरोध हुँदाहुँदै पनि बेइजिङनिकट विधायन परिषद्ले पारित गर्ने अपेक्षा गरिएको छ ।

 

सुपुर्दगी विधेयकलाई लिएर सन् १९९७ मा बेलायतले हङकङ चीनलाई फिर्ता दिएपछिकै सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ