८५ जना बिरामीको हत्या गरेको अभियोगमा पूर्व नर्सलाई आजीवन कैद

८५ जना बिरामीको हत्या गरेको अभियोगमा पूर्व नर्सलाई आजीवन कैद

  • शुक्रबार, जेष्ठ २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी, जेठ २४ ।
जर्मनीका अस्पतालमा ८५ जना बिरामीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका एक जना पूर्व नर्सलाई आजीवन कैदको सजाय सुनाइएको छ ।

ओल्डेनवर्गको अदालतका न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले ८५ जना बिरामीको हत्याको अभियोग लागेको पूर्व नर्स निल्स हुगललाई आजीवन कैदको सजाय सुनाउनु भएको हो ।

न्यायाधीश ब्यूर्मेनले नर्सको सो कार्यलाई ‘सामान्य बुझाइभन्दा बाहिर रहेको’ बताउनु भएको छ । पूर्वनर्स हुगलले दुई वटा अस्पतालका ८५ जना बिरामीको हत्या गरेको ठहर अदालतले गरेको हो ।

यसअघि पनि दुईजनाको हत्या गरेको अपराधमा सजाय काटिरहेका हुगलले सन् १९९९ देखि २००५ सम्म आफ्नो संरक्षकत्वमा रहेका मानिसलाई मुटु रोगसम्बन्धी औषधिको घातक मात्रा दिएको पाइएको थियो । उनलाई जर्मनीको आधुनिक इतिहासमै सबैभन्दा धेरै हत्या गर्ने व्यक्तिको रूपमा समेत लिइएको छ ।

४२ वर्षीय नर्स निल्स हुगलले सुरुमा बिरामीलाई हृदयाघात हुने खालको औषधि दिने र त्यसपछि ती बिरामीलाई बचाउने कोसिस गर्दथे ।उनले यो सबै प्रशंसा पाउन र सबैको नजरमा नायक बन्नका लागि गरेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ