दुबईमा बस दुर्घटनाः १७ जनाको मृत्यु

दुबईमा बस दुर्घटनाः १७ जनाको मृत्यु

  • शुक्रबार, जेष्ठ २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी, जेठ २४ ।
संयुक्त अरब इमिरेट्सको दुबईमा इद मनाएर फर्किएकाहरु चढेको बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । ओमानबाट फर्किएको बस रासिदियाको शेख मोहम्मद बिन जायद रोडमा दुर्घटना भएको दुबई प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विभिन्न देशका ३१ जना चढेको बस दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका सबैजनाको शव रासिद अस्पतालमा राखिएको छ भने घाइतेको पनि त्यहीँ उपचार भैरहेको खबरमा उल्लेख छ । दुर्घटनामा एक जोडी दम्पती बेपत्ता भएको पनि बीबीसीको समाचारमा उल्लेख गरिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ