मृत्युदण्ड दिएको भनिएका अधिकारी जीवितै

मृत्युदण्ड दिएको भनिएका अधिकारी जीवितै

  • मङ्लबार, जेष्ठ २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

एजेन्सी, जेठ २१ ।
उत्तर कोरियाली नेता किम जोङ उनले मृत्युदण्ड दिएको भनिएका वरिष्ठ अधिकारी जीवितै रहेको खुलेको छ । अन्तराष्ट्रिय सञ्चारसंस्था सिएनएनले नेता किमले आफ्ना वरिष्ठ अधिकारीलाई मृत्युदण्ड दिएको भन्ने समाचार दक्षिण कोरियाली समाचारपत्रले प्रकाशित गरेको थियो ।

तर उक्त समाचरपत्रको दाबीको चर्चा चल्दै गर्दा मृत्युदण्ड दिइएका भनिएका अधिकारीहरु भने जीवित रहेको दाबी सीएनएनले गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनोइमा भएको वार्ता असफल भएपछि अमेरिकाका लागि विशेष प्रतिनिधि रहेका किम ह्योक चोललाई मृत्युदण्ड दिएको दक्षिण कोरियाली पत्रको दाबी थियो।

तर सीएनएनले भने चोललाई मृत्युदण्ड नदिइएको तर वार्ता असफल भएका कारण उनको बारेमा अनुसन्धान भइरहेको उल्लेख गरेको छ । चोलसहित विदेश मन्त्रालयका चार अधिकृतहरुलाई मार्चमा मिरिम विमानस्थलमा मृत्युदण्ड दिइएको बताइएको थियो । उनीहरुलाई अमेरिकाका लागि जासुसी गरेको आरोपसमेत लगाइएको बताइएको थियो।

ट्रम्प किम वार्ताका समय मिडियामा चर्चामा रहेकी किमकी बहिनी किम यो जोङ पनि हनोइ वार्तापछि सार्वजनिक रुपमा देखा नपरेको बताइएको थियो। तर उत्तर कोरियाली दक्षिण कोरियाको कुनै पनि दाबीको पुष्टि गरेको छैन। अमेरिकाले सो रिपोर्टका बारेमा अनुसन्धान गरिरहेको बताउँदै गर्दा सीएनएनले मृत्युदण्ड दिएका अधिकारीहरु जीवितै रहेको दाबी गरेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ