रुसकाे विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फोट हुँदा कम्तिमा ७९ जना घाइते, रिसर्च इन्स्टिच्युट ध्वस्त

 रुसकाे विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फोट हुँदा कम्तिमा ७९ जना घाइते, रिसर्च इन्स्टिच्युट ध्वस्त

  • आइतवार, जेष्ठ १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी, १९ जेठ । रुसकाे जसिङ्क शहरमा रहेको शक्तिशाली विस्फोटक पदार्थ बनाउने एक कारखानामा विस्फोट हुँदा कम्तिमा ७९ जना घाइते भएका छन् । विस्फोटबाट आसपासका १ सय ८० घरमा समेत क्षति पुगेको छ । विस्फोटमा घाइतेमध्ये ३८ जना मजदुर र ४१ जना सर्वसाधारण भएको बताइएको छ ।

रुसी सेनाका लागि आवश्यक विस्फोट पदार्थ उत्पादन गर्ने यो कारखानामा एक्कासी विस्फोट भएको हो । विस्फोटबाट क्रिस्टल रिसर्च इन्स्टिच्युट पुरै ध्वस्त भएको छ ।   विस्फोटको समयमा पाँच जना कारखानाभित्रै रहेको भए पनि उनीहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको रुसी अधिकारीहरुले जनाएका छन् ।

सोसल भिडियामा सार्वजनिक भएका तस्बिरहरुमा विस्फोटपछि त्यस क्षेत्र धुँवामय भएको देखिएको छ । विस्फोटमा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । शक्तिशाली विस्फोट भएपछि कारखाना रहेको भवनका सीसा र धातुले लागेर धेरै घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

विस्फोटपछि त्यस क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ । स्थानीय स्वास्थ्य मन्त्रालयका प्रवक्ताले कारखानामा विस्फोटपछि एक सय वर्गमिटरमा आगो लागेको बताएका छन् । यही शहरमा गत अप्रिलमा भएको एक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ