भर्जिनियामा अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु

भर्जिनियामा अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु

  • शनिबार, जेष्ठ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, १८ जेठ । अमेरिकाको भर्जिनियास्थित स्थित एक सरकारी भवनमा गोली चलेको छ । बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।भने अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

भर्जिनिया बिच म्युनिसिपल सेन्टरको भवनमा अन्धाधुन्ध गोली प्रहार भएको छ । सोही कार्यालयमा लामो समयदेखि कार्यरत एक कर्मचारीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । तर आक्रमणकारीको पहिचान खुलाइएको छैन ।

प्रहरीले गरेको जवाफी कारबाहीका क्रममा उनको पनि मृत्यु भएको छ । आक्रमणकारीले प्रहार गरेको गोली लागेर एक सुरक्षाकर्मीसमेत गम्भीर घाइते भएका छन् ।

स्थानीय प्रहरी प्रमुख जेम्स सेर्वेराले अन्धाधुन्ध गोली चलाएको थाहा पाएर पुगेको प्रहरीमाथि पनि ती व्यक्तिले गोली चलाएको र जवाफी कारवाहीमा उनी मारिएको बताए ।

प्रहरीले घटनामा एक जनाको मात्रै संलग्नता रहेको जनाएको छ ।

आक्रमणकारीको उद्देश्य के थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अमेरिकामा यो वर्ष भएको यो १५० औँ गोलीकाण्ड हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ