१६ जेठ, काठमाडौं । नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित भब्य समारोहमा मोदीले प्रधानमन्त्री पदको सपथ लिएका हुन् ।
गैर कांग्रेसी प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालको शपथ लिने उनी पहिलो भारतीय प्रधानमन्त्री हुन्। शपथसँगै उनको दोस्रो इनिङ शुरु भएको छ। उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। उनले सबैसँग सहकार्य गरेर अघि बढ्ने बताए।
प्रधानमन्त्री ओली र मोदीबीचमा शुभकामनाको क्रममा छोटो कुराकानी भएको थियो। उत्सवका रुपमा आयोजना गरिएको यो समारोहबाटै मोदी क्याबिनेटका सहभागी मन्त्रीलाई पनि शपथ ग्रहण गराएका छन्।
प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागीसँगै त्यहा उपस्थित अन्य मन्त्रीगणलाई पनि शुभकामना दिँदै सघन सहकार्यको लागि नेपाल सधै तत्पर रहेको बताए।