साँझ ७ बजे राष्ट्रपति भवनमा मोदीले शपथ लिदैँ,पहिलो विदेश भ्रमणका रुपमा किन माल्दिभ्सलाई रोजे ?

साँझ ७ बजे राष्ट्रपति भवनमा मोदीले शपथ लिदैँ,पहिलो विदेश भ्रमणका रुपमा किन माल्दिभ्सलाई रोजे ?

  • बिहिबार, जेष्ठ १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

नयाँ दिल्ली, जेठ १६ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि आज शपथ लिँदैछन् । स्थानीय समयानुसार साँझ ७ बजे राष्ट्रपति भवनमा उनको शपथ ग्रहण कार्यक्रम हुनेछ ।

मोदीको शपथग्रहण समारोहमा सहभागी हुनका लागि विभिन्न मुलुकका सरकारप्रमुखलाई आमन्त्रण गरिएको छ । तर केही स्वदेशी अतिथि भने शपथग्रहण समारोहमा सहभागी नहुने भएका छन् ।
दोस्रो कार्यकालको पहिलो महिना उनी विदेश भ्रमणका क्रममा विभिन्न तीन मुलुक पुग्ने भएका छन् । मोदीले आफ्नो पहिलो विदेश भ्रमणका रुपमा माल्दिभ्सलाई रोजेका छन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार ७ र ८ जुनमा उनले माल्दिभ्स भ्रमण गर्ने कार्यक्रम छ ।

दोस्रो विदेश भ्रमणका रुपमा १३ र १४ जुनमा उनी किर्गिस्तान जानेछन् । बहुपक्षीय विदेश भ्रमणका क्रममा मोदीले किर्गिस्तानमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङलगायतसँग भेटवार्ता गर्नेछन् ।

महिनाको अत्यतिर २८ र २९ जुनमा मोदी जापान जानेछन् । ‘जी–२० शिखर सम्मेलन’ मा सहभागी हुन उनी जापान जाने बताइएको छ । त्यहाँ उनले जापानी प्रधानमन्त्रीका अतिरिक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जर्मन चान्सलर एंगेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुअल मेक्रों लगायतसँग भेटवार्ता गर्ने जनाइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालको पहिलो एक महिनामा विदेश भ्रमणमा ६ दिन बित्नेछ । उक्त ६ दिनमध्ये उनी दुई दिनभन्दा बढी अर्थात् ५५ घण्टा आकाशमै बिताउनेछन् । तीनवटा विदेश भ्रमणका क्रममा ती मुलुकमा जान र आउन गरी विमानमा उनले ५५ घण्टा बिताउनु पर्ने भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ