ब्यवसायिक भवनमा आगलागी हुँदा १८ जनाको मृत्यु, प्रधानमन्त्रीद्वारा घटनाप्रति दुःख व्यक्त

ब्यवसायिक भवनमा आगलागी हुँदा १८ जनाको मृत्यु, प्रधानमन्त्रीद्वारा घटनाप्रति दुःख व्यक्त

  • शनिबार, जेष्ठ ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, ११ जेठ ।
भारतको गुजरातस्थित एउटा व्यावसायिक भवनमा आगलागी भएको छ । आगोमा परी १८ जनाको मृत्यु भएको छ । भने कयौं घाइते भएका छन् ।

उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको भारतीय सन्चारमाध्यमले जनाएका छन् । गुजरातको सुरत शहरको सारथानास्थित तक्षशिला कम्प्लेक्समा रहेको एक ट्युसन सेन्टरबाट आगलागी सुरु भएको बताइएको छ ।

आगलागीमा परि मृत्यु हुनेमा अधिकांश छात्रछात्रा रहेका छन् । विद्यार्थीहरु ट्युसन सेन्टरमा पढिरहेको बेला काठको टुक्रामा लागेको आगो त्यहाँ परेपछि भवनमा सल्किएको थियो ।

गुजरातका मुख्यमन्त्री विजय रुपाणीले आगलागीको कारण पत्ता लगाउन आदेश दिनुभएको छ । राज्य सरकारले मृतकका परिवारलाई चार लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ