अमेरिकाले साउदीलाई अर्बौं डलर बराबरका हतियार बेच्न, कंग्रेसलाई बाइपास

अमेरिकाले साउदीलाई अर्बौं डलर बराबरका हतियार बेच्न, कंग्रेसलाई बाइपास

  • शनिबार, जेष्ठ ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी, ११ जेठ । इरानसँग तनाव बढ्दै गएका बेला अमेरिकाले साउदीलाई अर्बौं डलर बराबरका हतियार बेच्ने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ८ अर्ब अमेरिकी डलरबराबरका हतियार साउदी अरेबियालाई बेच्ने घोषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पले हतियार बेच्ने प्रक्रियामा समेत कंग्रेसलाई बाइपास गरेका छन् ।

संघीय कानुनअन्तर्गत निकै दुर्लभ रुपमा मात्रै प्रयोग हुने पक्षमार्फत ट्रम्पले हतियार बेच्ने प्रक्रियामा कंग्रेसलाई बाइपास गरेका हुन् ।

सामान्य रुपमा हतियारको कारोबारसम्बन्धी प्रस्ताव सुरुमा कंग्रेसबाट स्वीकृत गराउनुपर्छ ।

इरानसँग तनावका कारण राष्ट्रिय सुरक्षामा चुनौती थपिएकाले यस्तो गरिएको ट्रम्पले दाबी गरेका छन् ।

अमेरिकी हतियार किन्न लागेको साउदी अरेरिया इरानको चिरप्रतिद्वन्द्वी हो । तर हतियार सर्वसाधारण नागरिकमाथि प्रयोग हुन सक्ने खतरा रहेको भन्दै विभिन्न पक्षले चासो र चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकाले संयुक्त अबर इमिरेट्स (युएई) तथा जोर्डनलाई पनि हतियार बेच्ने तयारी गरेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ