एजेन्सी, १० जेठ ।
वेलायती सरकारले युरोपेली संघबाट बाहिरिनेबारे बेलायती प्रधानमन्त्री थेरेसा मेले ल्याउन लागेको ब्रेक्जिट फिर्ता विधेयक जुन महिनाको सुरुवातसम्म प्रकाशन नहुने जनाएको छ । प्रधानमन्त्री मेले आफ्नो दलका सांसदहरुलाई ब्रेक्जिटसम्बन्धी सो विधेयक शुक्रबार प्रकाशित गर्ने बताएकी थिइन्।
तर प्रधानमन्त्रीको बे्रक्जिटसम्बन्धी नीतिमाथि असहमति राख्दै उनकै दल कन्जरभेटिभ दलकै नेत्री एन्ड्रिया लिडसमले राजीनामा दिएपछि विधेयक ल्याउन ढिलाइ हुने भएको बताइएको छ।
अर्थमन्त्रीको राजिनामासँगै ब्रेक्जिटबारे ‘नयाँ सम्झौता’का लागि आग्रह गरिरहेकी प्रधानमन्त्री मेलाई राजीनामा दिन आफ्नै दलका सांसदहरुबाटै दबाब सुरु भएको छ । राजीनामा दिएकी एन्ड्रियाको ठाउँमा अर्थमन्त्री मेल स्ट्रिडलाई ल्याइने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline