इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपतिमा निर्वाचित भएपछि विरोध प्रदर्शन, ६ जना प्रदर्शनकारीको मृत्यु

इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपतिमा निर्वाचित भएपछि विरोध प्रदर्शन, ६ जना प्रदर्शनकारीको मृत्यु

  • बुधबार, जेष्ठ ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी, जेठ ८।
इन्डोनेसियामा जोको विडोडो पुनः राष्ट्रपति पदमा निर्वा्चित भएको घोषणा भएसँगै राजधानी जकार्ता लगायत अन्य शहरमा प्रदर्शन भएको छ । प्रहरीसँग भएको झडपमा ६ जना प्रदर्शनकारीको मृत्यु भएको सरकारी अधिकारीहरुलाई उद्धत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनका क्रममा २०० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश मानिएको इन्डोनेसियामा कडा सुरक्षाबीच हिजो निर्वाचन परिणाम घोषणा गरिएको थियो । त्यस लगत्तै विपक्षीहरुले आन्दोलन सुरु गरेका थिए । प्रहरीले हिंसा फैलाएको आरोपमा २० जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ।

निर्वाचन आयोगले विडोडोलाई राष्ट्रपति घोषणा गरेपनि प्राबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न नमानेको बताइएको छ । सुविआन्तोले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आउनुभएको छ । ५ वटा प्रान्तमा धाँधली भन्दै उहाँले पुनः निर्वाचनको माग गर्नु भएको थियो ।

तर, निर्वाचन आयोगले भने कुनै प्रकारको धाँधली नभएको भन्दै सुविआन्तोको माग खारेज गरिदिएको थियो। अवस्था थप बिग्रिन नदिन जकार्तामा मात्रै ४० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ