बंगलादेशको तटीय क्षेत्रमा माछा मार्न प्रतिबन्ध, माछा मार्ने समुदायद्धारा सरकारी निर्णयको विरोध

बंगलादेशको तटीय क्षेत्रमा माछा मार्न प्रतिबन्ध, माछा मार्ने समुदायद्धारा सरकारी निर्णयको विरोध

  • मङ्लबार, जेष्ठ ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

एजेन्सी, जेठ ७ ।
माछामो संख्यामा कबमि आएके भन्दै बंगलादेश सरकारले ६५ दिनका लागि माछा मार्न प्रतिबन्ध लगाएको छ ।

माछाको संख्या बढाउन र माछाको भण्डारणमा सन्तुलन ल्याउन तटीय क्षेत्रमा ६५ दिनसम्म माछा मार्न प्रतिबन्ध लगाएको अधिकारीहरुले बताएका छन् ।

सबै प्रकारका माछा मार्ने जहाजमा प्रतिबन्ध लगाइएको बंगलादेशका अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तर, हजारौंको संख्यामा रहेका माछा मार्ने समुदाय भने सरकारी निर्णयको विरोधमा देखिएका छन् ।

उनीहरुले सरकारी निर्णयको अवज्ञा गर्दै विरोधमा उत्रने तयारी गरेका छन् । सरकारले लगाएको प्रतिबन्ध आगामी २३ जुलाईसम्म लागू हुने छ ।

बंगलादेशको मत्स्यपालन तथा पशुधन मन्त्री असरफ अलीले सरकारी निर्णय संयमतापूर्वक कार्यान्वयन नभए बंगलादेशबाट माछा समाप्त हुने र यसले भविष्यमा ठूलो क्षति बेहोर्नुपर्ने बताए । बंगलादेश सरकारले प्रत्येक वर्ष २० मेदेखि २३ जुलाईसम्म माछा मार्न प्रतिबन्ध लगाउने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ