हुवावेले गुगलको सुरक्षा अपडेट र प्राविधिक सहयोग गुमायो

हुवावेले गुगलको सुरक्षा अपडेट र प्राविधिक सहयोग गुमायो

  • सोमवार, जेष्ठ ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

६ जेठ, काठमाडौं ।
चिनियाँ कम्पनी हुवावे र अमेरिकाबीच विवाद बढिरहेका बेला सर्च इन्जिन गुगलले स्मार्ट फोन तथा टेलिकम उत्पादक कम्पनी हुवावेका फोनलाई उपलब्ध गराउँदै आएको प्राविधिक सहायता तथा सुरक्षामा कटौती गरेको छ ।

गुगलले विज्ञप्ति जारी गर्दै गुगलले अमेरिकी सरकारको निर्णय पालना गर्ने क्रममा रहेको जनाएको छ ।

गुगलको यस्तो निर्णयसँगै हुवावेले गुगलको सुरक्षा अपडेट र प्राविधिक सहयोग गुमाएको छ । र, हुवावेका नयाँ डिभाइसमा यूट्युब र गुगल म्याप पनि हुने छैनन् । चर्चित गुगल एप्समा पनि हुवावेका फोनले पहुँच पाउने छैनन् ।

हुवावेले गुगलको पछिल्लो कदमबारे प्रतिक्रिया दिन इन्कार गरेको बीबीसीले जनाएको छ । ट्रम्प प्रशासनले हुवावेलाई लाइसेन्सबिना अमेरिकी फर्महरुले कारोबार गर्न नसक्ने निर्णय गर्दै प्रतिबन्ध लगाएको थियो । आफ्ना नागरिकलाई हुवावे फोन खरीद नगर्न पनि अमेरिकाले भनिसकेको छ । अमेरिकासँगै बेलायत, न्युजिल्यान्ड र अष्ट्रेलियाले पनि फाइभ जी नेटवर्कमा हुवावेका उपकरण प्रयोगमा रोक लगाएका छन् ।

विश्वकै दोस्रो ठूलो स्मार्ट फोन निर्माण कम्पनी हुवावेले आफ्ना उत्पादनहरुमार्फत् जासुसी गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी