भारतमा नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने ! मत सर्वेक्षणमा भाजपाकै बहुमत

भारतमा नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने ! मत सर्वेक्षणमा भाजपाकै बहुमत

  • सोमवार, जेष्ठ ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी, जेठ ६ ।
भारतमा सम्पन्न १७ औं लोकसभा चुनावको पछिल्लो मत सर्वेक्षणले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) विजयी हुने देखाएका छन् । मतगणना भने आगामी बिहीबारबाट हुने छ ।

मतगणना अघि नै सात चरणको निर्वाचन सम्पन्न भएलगत्तै सार्वजनिक गरिएको उक्त मत सर्वेक्षणमा एनडीएले बहुमत अर्थात २८० देखि ३०० सिट जित्ने अनुमान गरेका छन् । चुनावअघिका मत सर्वेक्षणहरुले भने कुनै पनि गठबन्धनले बहुमत नल्याउने प्रक्षेपण गरेका थिए ।

५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ । सर्वेक्षणहरुको नतिजालाई आधार मान्ने हो भने नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चितजस्तै देखिएको छ ।

भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपीए)ले करिब १४० सिट जित्ने मत सर्वेक्षणमा देखिएको छ ।

गत अप्रिल ११ देखि सुरु भएर डेढ महिनासम्म चलेको चुनावमा सत्तारुढ गठबन्धनले राष्ट्रिय सुरक्षा र राष्ट्रवादको मुद्दालाई अघि सारेको थियो भने विपक्षीहरुले रफाल लडाकु खरिद प्रकरण, किसान समस्या, बेरोजगारी, नोटबन्दी, जीएसटी र हिन्दू अतिवादलाई प्रमुख मुद्दा बनाएका थिए ।

चुनावलाई मोदी सरकारको विगत पाँच वर्षको कामकारबाहीको परीक्षाका रुपमा हेरिएको थियो । ५ वर्षअघि भएको चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले एक्लै २७२ स्थानमा जित हात पारेको थियो । विपक्षी कांग्रेस ४४ सिटमा सीमित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ