अमेरिकाले क्यानाडाबाट आयात हुने स्टिल र आल्मुनियममा लगाउँदै आएको कर हटाउने

अमेरिकाले क्यानाडाबाट आयात हुने स्टिल र आल्मुनियममा लगाउँदै आएको कर हटाउने

  • शनिबार, जेष्ठ ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

एजेन्सी, जेठ ४ । अमेरिकाले क्यानाडाबाट आयात हुने स्टिलमा लगाउँदै आएको २५ प्रतिशत र आल्मुनियनमा लाग्दै आएको १० प्रतिशत कर हटाएकाे छ ।

अमेरिका र क्यानाडाले संयुक्त वक्तव्य जारी गर्दै स्टिलमा लगाउँदै कर ४८ घण्टाभित्रै हट्ने जनाएका छन् । याे सहमतीपछि उत्तर अमेरिकी खुला व्यापार सम्झौतामा सहमति जुट्ने संकेत देखिएको छ ।

अमेरिका र मेक्सिकोबीच पनि यस्तै सम्झौता हुनसक्ने सम्भावना देखिएको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाले गत वर्ष राष्ट्रिय सुरक्षाको कारण भन्दै विभिन्न देशबाट आयात हुने स्टिल र आल्मुनियनमा भारी शुल्क वृद्धि गरेको थियो । सम्झौताअनुसार अब तीन देशमा विदेशबाट स्टिल र आल्मुनियम खरिद गर्न कुनै सीमा तोकिने छैन । अमेरिका र क्यानडाले आयातको निगरानी गर्ने र कुनै देशले एकदमै बढी खरिद गर्दा आवश्यक परेमा सहमतिबाटै आयात शुल्क लगाउन सक्ने भएका छन् ।

आयात शुल्क हटाउनुको मुख्य उद्देश्य अमेरिका–क्यानडा र मेक्सिकोबीच व्यापार सम्झौता गर्नु रहेको बताइएको छ । अमेरिका र मेक्सिको स्टिल र आल्मुनियममाथि लगाएको कर हटाउन सहमत भएमा दुवै देशले व्यापार सम्झौतामा सहमत भएको मानिने छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यो शुल्कले दुवै देशका मजदुर र उपभोक्तालाई क्षति पुगेको बताए । उनले स्टिल र आल्मुनियममा कर लगाउनुको औचित्य नभएको र अब व्यापार सम्झौता गर्नेतर्फ अघि बढ्नुपर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ