इरानसँग युद्ध चाहेका छैनौंः अमेरिकी विदेशमन्त्री पोम्पियो

इरानसँग युद्ध चाहेका छैनौंः अमेरिकी विदेशमन्त्री पोम्पियो

  • बुधबार, जेष्ठ १, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

एजेन्सी, १ जेठ । दुई देशबीच तनाव चुलिई रहेको बेला अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आफुहरुले इरानसँग युद्ध नचाहेको बताएका छन् ।  रुसको सोची सहरमा रुसी विदेशमन्त्री सर्गेई लावरोफसँग वार्ता गरिरहेका विदेशमन्त्री पोम्पिायोले अमेरिकारले मौलिक रुपमा युद्ध नचाहेको बताए ।

उनले इरानले एक सामान्य मुलुकसरह व्यवहार गरोस भन्ने अमेरिकाले अपेक्षा राखेको स्पष्ट पारे । अमेरिकाको हितमा हमला भए जवाफ दिने विदेशमन्त्री पोम्पियोको चेतावनी थियो ।

यसैबीच इरानका सर्वोच्च नेता आयातुल्लाह खामनेईले पनि अमेरिकासँग युद्ध नहुने बताएका छन् । उनले परमाणु सम्झौताको विषयलाई लिएर अमेरिकासँग वार्ता नहुने पनि स्पस्ट पारे । गतहप्ता अमेरिकारले मध्यपूर्वमा जंगी जहाज र विमानवाहक युद्धपोत तैनाथ गरेको थियो ।

वार्ताका क्रममा अमेरिकी विदेशमन्त्रीले रुसी समकक्षीलाई भेनेजुयलाका राष्ट्रपति निकोलास मादुरालाई समर्थन नगर्न आग्रह गरेका छन् जवाफमा रुसी विदेशमन्त्री लावरोफले मादुरोलाई लिएर अमेरिकारले दिने धम्की गैर–लोकतान्त्रिक भएको टिप्पणी गरेका थिए । अमेरिकी विदेशमन्त्रीले रुसले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा दख्खल नदिन चेतावनी दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ