विश्व ‘सही बाटोमा अघि बढेन’: महासचिव गुटेरेस

विश्व ‘सही बाटोमा अघि बढेन’: महासचिव गुटेरेस

  • सोमवार, बैशाख ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

एजेन्सी, ३० वैशाख ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट बढिरहेको विश्वव्यापी तापक्रम भयावह हुन नदिन विश्व सही बाटोमा अघि नबढेको बताएका छन्। दक्षिण प्रशान्त क्षेत्रको भ्रमणमा रहेका राष्ट्र संघ प्रमुखले न्युजिल्यान्डमा आयाेजित कार्यक्रमलाई सम्बोधन गर्दै उक्भत कुरा बताएका हुन् ।

पेरिस सहमतिले परिभाषित गरेको उद्देश्य प्राप्तीका लागि गर्नुपर्ने काम कतै नभएकाे उनले बताए । अन्तर्राष्ट्रिय राजनीतिक संकल्प हराउँदै गएको भन्दै  जलवायुसम्बन्धी पेरिस सम्झौताले विश्वव्यापी तापमान वृद्धिदर औद्यौगिक क्रान्तिपूर्वको तापक्रम वृछि अर्थात् डेढ डिग्री सेल्सियसमा सीमित गर्ने योजना अघि सारेको भए पनि यसलाई कार्यान्वयन गर्न तापमान वृद्धिमा उल्लेख्य भूमिका खेल्दै आएका विश्वका विकसित तथा सम्पन्न कतिपय देशले नै आनाकानी गरिरहेको बताए ।

विरोधाभासपूर्ण तथ्य के छ भने पृथ्वीको तापक्रम निरन्तर बढ्दै गएको तर राजनीतिक कदम विस्तारै प्रभावहीन बन्दै गएको उनले अकल्यान्डमा न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डनसँग गरेको संयुक्त प्रेस सम्मेलनमा बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ