अमेरीकाद्वारा मध्यपूर्वमा युद्धपोतसहितको लडाकू पानीजहाज तैनाथ, इरानलाई चेतावनी !

अमेरीकाद्वारा मध्यपूर्वमा युद्धपोतसहितको लडाकू पानीजहाज तैनाथ, इरानलाई चेतावनी !

  • शनिबार, बैशाख २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

एजेन्सी, २८ वैशाख।

इरानलाई चेतावनी दिन अमेरिकाले मध्यपूर्वमा युद्धपोतसहितको लडाकू पानीजहाज तैनाथ गरेको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भावी दिनमा हुनसक्ने समस्या र तनाव वृद्धिका केही संकेत र चेतावनीपछि युद्धपोत तैनाथ गरिएको बताएका छन् । बोल्टनले अमेरिकाले कुनै पनि प्रकारको आक्रमणको प्रतिकार गर्ने चेतावनीसमेत दिएका छन् ।

इरानमा रहेका अमेरिकी सुरक्षाकर्मीमाथि हमलाको आशंकाका कारण अमेरिकाले यो कदम चालेको हुनसक्ने अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी सुरक्षा सल्लाहका बोल्टनले भने अमेरिकाले युएसएस अब्राहम लिंकन क्यारियर स्ट्राइक ग्रुप र त्यसको सहयोगी युद्ध समूहलाई युएस सेन्ट्रल कमाण्ड क्षेत्रमा इरानलाई आफू वा आफ्नो समर्थक राष्ट्रहरूमाथिको कुनै पनि आक्रमणको अवस्थामा दरिलो प्रतिक्रमण गरिने स्पष्ट र सोझो सन्देश दिन परिचालन गरिएको बताए ।

उनले अमेरिकाले इरानसँग युद्ध नचाहेको तर कुनै पनि आक्रमण भए त्यसको तयारीका लागि युद्धपोत परिचालन गरिएको स्पष्ट पारे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ