अमेरीकाले चीनलाई २ सय मिलियन डलर बराबरको उत्पादनमाथि कर बढायाे, व्यापार युद्ध तत्काल समाधान नहुने संकेत

अमेरीकाले चीनलाई २ सय मिलियन डलर बराबरको उत्पादनमाथि कर बढायाे, व्यापार युद्ध तत्काल समाधान नहुने संकेत

  • शुक्रबार, बैशाख २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

एजेन्सी, वैशाख २७ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनलाई २ सय मिलियन डलर बराबरको उत्पादनमाथि कर बढाउने फैसला गरेपछि दुई मुलुकबीचकाे व्यापार युद्ध तत्काल समाधान नहुने संकेत देखिएको छ ।

व्यापार युद्ध समाप्त गर्न दुई देशका अधिकारीहरुबीच छलफल भइरहँदा ट्रम्पले नयाँ फैसलाले गतवर्षको जुलाइदेखि सुरु भएको व्यापारयुद्ध तत्काल समाधान नहुने संकेत देखिएको हो । अमेरिकाले बढाएको कर आजैदेखि लागू हुँदै छ । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले व्यापार वार्ताको सम्झौता तोडेको आरोप लगाउँदै कर वृद्धिको निर्णय गरेका हुन् । सम्झौता तोडेको जवाफमा चिनियाँ सामानमाथि करवृद्धि गरेको उनले स्पष्ट पारेका छन् ।

चीनले आफ्नो देशका सामान अमेरिकाले करवृद्धि गरे त्यसको कडा जवाफ दिने चेतावनी दिएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले वार्ताको सम्झौता तोडेको आरोप लगाएका हुन् । फ्लोरिडामा भएको एक र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले चिनियाँहरुले सर्त तोडेपछि आफूले कर वृद्धिको घोषणा गरेको र अहिले चीन सम्झौता गर्न खोजिरहेको बताए । त्यसैका लागि चिनियाँ उपप्रधानमन्त्री लियू हि अहिले अमेरिकामा आएको उनको भनाइ थियो ।

राष्ट्रपति ट्रम्पले अब चीनले त्यसको मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिए । यसअघि दुई देश सम्झौताको निकै नजिक पुगेको र व्यापार युद्ध अन्त्य हुने करिब निश्चित भएको बताइएको थियो । तर गत आइतबार राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत् २ सय अर्ब डलर बराबरको चिनियाँ सामानको कर दोब्बर पार्ने घोषणा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ