अमेरिकी महान्यायाधिवक्ता विलियम बारविरुद्ध संसदको अवहेलना गरेको अभियोग

अमेरिकी महान्यायाधिवक्ता विलियम बारविरुद्ध संसदको अवहेलना गरेको अभियोग

  • बिहिबार, बैशाख २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

एजेन्सी, वैशाख २६ । गत राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपको विषयमा गरिएको अनुसन्धानको प्रतिवेदन उपलब्ध गराउन नमानेपछि अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टिटिभ को एउटा समितिले महान्यायाधिवक्ताविरुद्ध संसद्को अवहेलना गरेको अभियोग लगाउने पक्षमा मतदान गरेको छ ।

कंग्रेसको न्यायिक समितिले महान्यायाधिवक्ता विलियम बारविरुद्ध दुर्लभ मानिने कदम उठाएको हो । यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी अधिकार प्रयोग गरि प्रतिवेदनको पूर्ण पाठ सार्वजनिक गर्न बन्देज लगाएका थिए ।

यो घटनालाई लिएर ह्वाइट हाउस र कांग्रेसले एकअर्कामाथि शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । अब अवहेलनाको प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको पूर्ण बैठकमा पठाइनेछ ।

तल्लो सदनमा विपक्षी दलको बहुमत छ । आंशिक रूपमा प्रकाशित रोवर्ट म्युलरको प्रतिवेदनमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचन प्रभावित तुल्याउन ट्रम्पको निर्वाचन अभियान र रुसबीच आपराधिक षड्यन्त्र रहेको कुनै प्रमाण फेला परेको उल्लेख छैन । राष्ट्रपति ट्रम्पले भने महान्यायाधीवक्ताले सांसदसामु बयान दिन जान नहुने बताउँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ