अकस्मात इराक पुगे अमेरिकि बिदेश मन्त्री

अकस्मात इराक पुगे अमेरिकि बिदेश मन्त्री

  • बुधबार, बैशाख २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

एजेन्सी, २५ बैशाख ।ईरानसँग तनाव बढिरहेको बेला अमेरिकी विदेशमन्त्री अकस्मात इराको भ्रमणमा पुगेका छन् ।

अमेरिकी विदेशमनत्री  माइक पोम्पियो छिमेकी मुलुक ईराकको राजधानी बग्दाद पुगेका हुन् ।

बर्लिनको भ्रमण रद्द गरेर इराकी नेताहरुसँग कुराकानी गर्न चार घण्टाका लागि उहाँ बग्दाद गएका हुन ।

अमेरिकाले इरानलाई ‘स्पष्ट र सिधा सन्देश’ दिनका लागि मध्यपूर्वमा युद्धपोतसहितको लडाकू पानीजहाज तैनाथ गरेलगत्तै उनको इराक भ्रमण भएको हो ।

पोम्पियोको इराक भ्रमणबारे अमेरिकी अधिकारीहरुले विस्तृत विवरण दिएका छैनन् ।

भ्रमणका क्रममा उनले इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीसँग भेटवार्ता गरेको बताइएको छ ।

यसअघि अमेरिकाकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भावी दिनमा हुनसक्ने समस्या र तनाव वृद्धिका केही संकेत र चेतावनीपछि मध्यपूर्वमा युद्धपोत तैनाथ गरिएको बताएका थिए ।

बोल्टनले अमेरिकाले कुनै पनि प्रकारको आक्रमणको प्रतिकार गर्ने चेतावनीसमेत दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ