रूसी विमान दुर्घटना, ४१ जनाकाे मृत्यु

रूसी विमान दुर्घटना, ४१ जनाकाे मृत्यु

  • सोमवार, बैशाख २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

एजेन्सी, वैशाख २३ । रुसको मस्कोमा सुखोइ सुपरजेट–१०० विमानमा प्राविधिक समस्या आएपछि अवतरणका क्रममा आगो लाग्दा कम्तीमा ४१ जनाको मृत्यु भएको छ ।

मस्कोस्थित विमानस्थलबाट मरमास्क सहरका लागि उडेको विमान आपतकालीन अवतरण गराएको थियो । चालक दलका पाँच सदस्यसहित ७८ जना यात्रु बोकेको विमान आपतकालीन अवतरण गराइएपछि ३७ जना बाँच्न सफल भएका छन् ।

आगलागी कसरी भयो भन्ने प्रष्ट हुन सकेको छैन । स्रोतका अनुसार उडान भरेको केही बेरमै विमानमा धुँवा निस्किएको थियो । लगत्तै आपतकालीन अवतरण गराए पनि आगो फैलिएका कारण ४१ यात्रुको मृत्यु भएको बताइएको छ ।

रुसी सरकारी विमान कम्पनी एरोफ्लोटले प्राविधिक कारणले विमानमा खराबी आएपछि आकस्मिक अवतरण गराइएको जनाएको छ । कम्पनीले घटनाको विस्तृत जानकारी दिएको छैन ।

समाचार संस्था इन्टरफ्याक्सले विमानस्थलबाट उडेको केहीबरेमै चालक दलका सदस्यले आपतकालीन संकेत जारी गरेको जनाएको छ । सामाजिक सञ्जालहरुमा राखिएका भिडियोमा आगो लागेको जहाजको आपत्कालीन द्वारबाट यात्रुहरू निस्किरहेको र दौडिरहेको देखिएको छ ।

जारी भिडियोमा अवतरण गर्दै गर्दा विमानको पछिल्लो भाग आगोको मुस्लोले ढाकेको देखिन्छ ।

रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा दुई जना बालबालिका र एकजना विमान परिचारिका रहेको जनाएका छन् । स्वास्थ्य मन्त्रालयले ५ जना अस्पतालमा भर्ना गरिएको र ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

७८ जना यात्रु रहेको जेट विमानबाट मानिसहरू निस्किएर भाग्न सक्नु ‘चमत्कार’ भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ