इजरायलद्वारा प्यालेस्टाइन क्षेत्रमा कारबाही, चार जनाकाे मृत्यु

इजरायलद्वारा प्यालेस्टाइन क्षेत्रमा कारबाही, चार जनाकाे मृत्यु

  • आइतवार, बैशाख २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, वैशाख २२ । इजरायलले प्यालेस्टाइन क्षेत्रमा कारबाही गरेको छ ।  उक्त कार्वाहिमा परी कम्तीमा चारजनाको मृत्यु भएको छ ।

गाजापट्टीबाट चरमपन्थीहरुले २०० भन्दा बढी रकेट प्रहार गरेका थिए ।त्यसपछि प्यालेस्टायनी क्षेत्रमा गरिएको जवाफी कारबाहीमा एक महिला, उनकी १४ महिनाकी छोरीसहित चारजनाको मृत्यु भएको इजरायली सेनाले जनाएको हो । घटनामा केही व्यक्ति घाइते भएका छन् ।

इजरायली सेनाले गाजापट्टीबाट प्रहार गरिएको रकेट लागेर तीनजना घाइते भएको जनाएको छ । रकेट आक्रमण भएलगत्तै इजरायलका सर्वसाधारणबीच भागदौड मच्चिएको थियो । यसअघि पनि गएको शुक्रबार भएको आक्रमणमा दुई इजरायली सैनिक घाइते भएका थिए ।

प्यालेस्टायनी आक्रमणको जवाफी कारबाहीमा चार प्यालेस्टायनीको मृत्यु भएको थियो । जसमध्ये दुईजना हमास समूहका लडाकू भएको इजरायली सेनाले जनाएको छ ।इजरायलमा गएको अप्रिलमा निर्वाचनकाक्रममा भएको युद्धविरामको समय सकिएपछि पुनः तनाव बढेको हो । संयुक्त राष्ट्रसंघले भने दुवै पक्षलाई युद्धविराम गर्न अपिल गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी