‘फानी’का कारण भारतमा कम्तीमा ८ जनाको मृत्यु, के हाे फानी ?

‘फानी’का कारण भारतमा कम्तीमा ८ जनाको मृत्यु, के हाे फानी ?

  • शनिबार, बैशाख २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

एजेन्सी, वैशाख २१ । शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण भारतमा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।बंगालको खाडीबाट विकसित भएको उक्त आँधीबाट पूर्वी तटीय राज्य उडिसामा सबैभन्दा बढी क्षति पुर्‍याएको छ । उडिसाका १० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । पर्यटकीय सहर पुरी पनि यसबाट निकै प्रभावित भएको छ ।

तीव्रगतिमा आएको आँधीका कारण पुरीमा १६० मानिस घाइते भएका छन् । प्रतिघन्टा २०० किलोमिटरका दरले आएको आँधीले ठूलो मात्रामा भौतिक सम्पत्तिमा क्षति भएको छ ।

भारी वर्षासहित आएको हावाहुरीले ठूल्ठूला रुख ढाल्नुका साथै पक्की पर्खालसमेत ढालेको छ ।त्यसैगरी, ठूलो संख्यामा बिजुलीका पोल, टेलिफोनका टावरहरुमा पनि क्षति पुगेको छ । रेडियोका टावरहरु पनि ढलेका छन् ।

फानी उडिसाको पुरीछेउको तटीय क्षेत्रबाट प्रवेश गरेको थियो । यसको प्रभावले दर्जनौं गाउँ डुबेका छन् ।मानवीय क्षति हुन नदिन तटीय क्षेत्रका १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा राखिएको छ ।

भारतको मौसम पूर्वानुमान विभागले पानी उडिसाको खुर्दा, कटक, बलासोर, भद्रा, भुवनेश्वर हुँदै पश्चिम बंगलादेशतर्फ लागेको जनाएको छ । यसले बंगालका कोलकातालगायतका हुग्ली, भारग्राम, मेदिनिपुरलगायतका जिल्लासमेत प्रभावित भएका छन् ।

बंगलादेशमा पनि ‘फानी’ आँधीका कारण एकजनाको मृत्यु भएको छ । बंगलादेशका करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा राखिएको अधिकारीहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ