जैश ए मोहम्मदका प्रमुख मसुद अजहर आतंककारी घोषित

जैश ए मोहम्मदका प्रमुख मसुद अजहर आतंककारी घोषित

  • बिहिबार, बैशाख १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

एजेन्सी, वैशाख १९ ।
पाकिस्तानको आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मौलाना मसुद अजहरलाई संयुक्त राष्ट्रसंघले अन्तर्रा्ष्ट्रिय आतंककारी घोषणा गरेको छ । यसबारे सुरक्षा परिषदले विज्ञप्ति जारी गर्दै मौलाना मसुद अजहरको सम्बन्ध अलकायदासँग रहेको जनाएको छ ।

उनले आक्रमणको योजना बनाउने, पैसा जम्मा गर्ने, हतियार ओसारपसार र बेच्ने गरेको आरोप छ । पाकिस्तानले भने मसुद अजहरलाई आतंककारी घोषणा गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रतिवन्ध समितिको निर्णयप्रति प्रश्न उठाएको छ ।

समितिले कुनै पनि निर्णय गर्दा सर्वसम्मतीबाट गर्छ तर, चीनको विरोध हुँदाहुँदै आतंककारी घोषणा गरिएको पाकिस्तानको भनाइ छ । यद्यपि पाकिस्तानले आफ्नो भूमिबाट कुनै पनि संगठनलाई आतंक फैलाउन नदिइने बताएको छ । उसले आतंकवाद अन्त्य गर्ने संकल्प पनि गरेको छ ।

भारतले मसुद अजहर नेतृत्वको जैश ए मोहम्मदलाई भारतका धेरै स्थानमा भएका आक्रमणमा जिम्मेवार मान्दै आएको छ । हालै पुलवामा भएको आक्रमणमा पनि जैश ए मोहम्मदकै हात भएको भारतको दाबी छ । भारतले धेरै वर्षदेखि मसुद अजहरलाई अन्तर्रा्ष्ट्रिय आतंकवादी घोषणा गराउन पहल गर्दै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ