भारतमा माओवादीकाे आक्रमणबाट १६ जना सुरक्षाकर्मी मारिए

भारतमा माओवादीकाे आक्रमणबाट १६ जना सुरक्षाकर्मी मारिए

  • बुधबार, बैशाख १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

भारत, १८ वैशाख । भारतको महाराष्ट्र राज्यमा माओवादीहरूले विशेष सुरक्षा दलमाथि आक्रमण गर्दा १६ जना  सुरक्षाकर्मिको मृत्यु भएको र १० भन्दा बढी घाइते भएका छन् ।

महाराष्ट्रको गढचिरौलीमा भारतीय माओवादीको गतिविधि बढेको र उनीहरुको कारबाहीका क्रममा त्यहाँ दुई दर्जनभन्दा बढी गाडीहरुमा आगजनी भएको सूचना पाएपछि नियन्त्रणका लागि गएको प्रहरी टोलीमाथि माओवादीले आक्रमण गरेको हो ।

माओवादी लडाकुले गढचिरौलीमा सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण तथा बिस्फोट गराउँदा उनीहरु मारिएका हुन् । बुधबार दिउँसो पौने १ बजे सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गरिएको जनाइएको छ । घटनामा अरु १० जना घाइते भएका छन् । माओवादी लडाकुले आईईडी बिस्फोट गराएको जनाइएको छ ।

बिस्फोटपछि सुरक्षाकर्मी र माओवादी लडाकुबीच गोली हानाहान भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त आक्रमणको क्रममा दोहोरो गोली चलेपनि माओवादी तर्फको क्षतिको विषयमा भने अझै कुनै जानकारी प्राप्त हुन सकेको छैन । श्रोतका अनुसार आक्रमणमा माओवादी पक्षबाट गोलाबारी भएको थियो ।

महाराष्ट्रको गढचिरौली माओवादीको अत्यन्त प्रभावित तथा आधार क्षेत्रको रुपमा रहदैँ आएको छ । त्यहाँ माओवादीका आन्तरिक गतिविधिहरु अन्य क्षेत्रको भन्दा बढी हुने गरेको बताइन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ