श्रीलङ्कामा राेकिएन बम बिस्फाेटकाे श्रृङ्खला, मृत्यु हुनेको संख्या ३६० पुग्याे

श्रीलङ्कामा राेकिएन बम बिस्फाेटकाे श्रृङ्खला, मृत्यु हुनेको संख्या ३६० पुग्याे

  • बिहिबार, बैशाख १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

एजेन्सी, १२ वैशाख । श्रीलङ्कामा बम बिस्फाेटकाे श्रृङ्खला राेकिएककाे छैन ।  राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएकाे छ । स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको पनि प्रहरीले जनाएको छ।

गत आइतबार तीनवटा पाँचतारे होटल र तीनवटा गिर्जाघर (चर्च)मा भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या बिहीबार मध्यान्हसम्म ३६० जना पुगेको छ।

मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ। बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन्। उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन्।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च, नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च र बाट्टिकोलोवास्थित चर्चमा बिस्फोट गराइएका थिए।यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए।

बिस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ।यो समूहलाई अन्तरराष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ। बिस्फोटमा संलग्न अधिकांश व्यक्तिको पहिचान खुलेको र उनीहरु सबै श्रीलङ्काली रहेको पाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ