ट्रम्पद्वार इरानसँग तेल खरिद गर्न रोक, भारतसहितका मुलुकलाई दिइएको ‘अमेरिकी छुट’ समाप्त 

ट्रम्पद्वार इरानसँग तेल खरिद गर्न रोक, भारतसहितका मुलुकलाई दिइएको ‘अमेरिकी छुट’ समाप्त 

  • मङ्लबार, बैशाख १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी, वैशाख १० । अमेरिकाले इरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध प्रभावकारी रणानीति स्वरूप थप निर्णय गरेकेा छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तेल खरिद गर्नका लागि भारतसहितका मुलुकलाई दिँदै आएको छुट अन्त्य गर्ने निर्णय गरेको छ । ह्वाइट हाउसका अनुसार ट्रम्पले इरानसँग तेल खरिद गर्दै आइरहेका मुलुकलाई अब उक्त सुविधा नथप्ने निर्णय गरेका हुन् ।

भारत, चीन, जापान, दक्षिण कोरिया र टर्कीलाई पनि अब अन्य मुलुकसरह इरानसँग तेल खरिद गर्न रोक लगाइएको हो । अमेरिकाले इरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध प्रभावकारी तुल्याउनका साथै इरानको निर्यात दर शून्यमा ल्याउनका लागि यो निर्णय गरिएको जनाएको छ । इरान सरकारको आयको मूख्य स्रोत समाप्त पार्न यस्तो निर्णय लिइएको ह्वाइट हाउसको जिकिर छ ।

गत वर्ष अमेरिकी राष्ट्रपति ट्रम्पले इरान र ६ पश्चिमी मुलुकबीच भएको ऐतिहासिक परमाणु सम्झौताबाट अमेरिकालाई अलग गराएका थिए । सो घोषणा लगत्तै उनले इरानमाथि पुनः आर्थिक प्रतिबन्ध लगाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ