श्रीलंकामा भएको शृंखलावद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुग्याे, पाँच सयभन्दा बढी घाइते

श्रीलंकामा भएको शृंखलावद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुग्याे, पाँच सयभन्दा बढी घाइते

  • सोमवार, बैशाख ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

एजेन्सी, वैशाख ९ । श्रीलंकामा आईतबार भएको शृंखलावद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगेको छ ।जसमा ३६ विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ ।

श्रीलंका प्रहरीले सोमबार बिहान दिएको जानकारीअनुसार मृतकको संख्या २९० पुगेको छ भने पाँच सयभन्दा बढी मानिस घाइते भएका छन् । प्रहरीले विस्फोटमा संलग्न भएको आशंकामा २४ जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका सबै श्रीलंकाली नागरिक हुन् । घटनामा विदेशी समूहको संलग्नताबारे समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । गिरफ्तार गरिएकाहरुसँग सोधपुछ भइरहेको जनाइएको छ । विस्फोट कसले गराएको हो भन्ने अझै प्रष्ट हुन सकेको छैन ।

यसैबीच कोलम्बो विमानस्थल नजिकै ‘पाइप बम’ फेला परेको छ । ६ फिट लामो बम श्रीलंकाली वायुसेनाले निस्क्रिय तुल्याएको छ । आइतबार राति उक्त बम फेला परेको जनाइएको छ ।

विमानस्थलको टर्मिनलतर्फ जाने बाटोमा उक्त बम फेला परेको हो । उक्त बम स्थानीयस्तरमै निर्माण भएको सुरक्षाकर्मीहरुको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ